Sunday, June 25, 2017

दुर्घटनामा मृत्यु

हेटौँडा, ११ असार । काठमाडौँबाट सर्लाहीको बयरबासतर्फ जान आइरहेको ना१ज ३७०१ नंको सुमो जिप हेटौँडा कुलेखानी सडकखण्डको कुलेखानीको सडकबाट करिब ४५ मिटर तल खसी आज दुर्घटना हुँदा जिपका एक यात्रुको घटनास्थलमा नै मृत्यु भएको छ ।

मृत्यु हुनेमा काठमाडौँ महानगरपालिका–८ गुर्जुधारा बस्ने ४२ वर्षीया माइली सापकोटा रहेको सिस्नेरी प्रहरी चौकीका प्रहरी नायब निरीक्षक देवेन्द्र रानाले बताउनुभयो । जिपमा रहेका नौ यात्रु गम्भीर घाइते भई थप उपचारका लागि कुलेखानीबाट काठमाडौँको सुमेरु अस्पतालमा पठाइएको बताइएको छ । प्रहरीले जिपका चालकलाई नियन्त्रणमा लिएको छ । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts