Sunday, June 25, 2017

निर्वाचनमा सहभागी भई मतदान गर्न राप्रपाको आग्रह

काठमाडौँ, ११ असार । राष्ट्रिय प्रजातन्त्र पार्टीले यही असार १४ गते प्रदेश नं १, ५ र ७ मा हुन लागेको स्थानीय तहको दोस्रो चरणको निर्वाचनमा सहभागी भई मतदान गर्न आग्रह गरेको छ ।

पार्टीका प्रवक्ता भुवन पाठकद्वारा आज जारीे विज्ञप्तिमा मुलुकमा परिवर्तित राजनीतिक प्रणालीमा संविधान कार्यान्वयनका क्रममा आसन्न स्थानीय तहको निर्वाचन महत्वपूर्ण रहेको उल्लेख गर्दै स्थानीय विकास तथा पूर्वाधार निर्माण गरी समृद्धि प्राप्त गर्न सो निर्वाचनमा निर्भिक रुपमा सहभागी भई अमूल्य मतको प्रयोग गर्न जनतालाई आह्वान गरिएको छ ।

निर्वाचनमार्फत सही उम्मेदवारलाई छनोट गरी देश र जनतालाई आर्थिक, सामाजिक रुपान्तरणमा सहयोग पु¥याउन राप्रपाले सबैसँग आग्रह गरेको छ । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts