Friday, October 30, 2015

नर्वेद्वारा राष्ट्रपति भण्डारीलाई बधाई

काठमाडाँै, १३ कात्तिक । नर्वेले विद्यादेवी भण्डारी नेपालको पहिलो महिला राष्ट्रपति पदमा निर्वाचित हुनुभएकामा बधाई ज्ञापन गरेको छ ।

संविधानको घोषणा र नयाँ सरकार गठनलगत्तै भएको राष्ट्रपतिको निर्वाचन मुलुकको लोकतान्त्रिक विकास, शान्ति र समृद्धिप्रतिको नेपालको प्रतिबद्धताको प्रकट रुप भएको यहाँस्थित नर्वेली राजदूतावासद्वारा जारी प्रेस वक्तव्यमा उल्लेख गरिएको छ ।

आगामी दिन नेपालको समाजिक–आर्थिक विकास र पुनःनिर्माणको प्रयासलाई मूर्तरुप दिने अभियानमा संविधानको शान्तिपूर्ण र समावेशी कार्यान्वयन सुनिश्चित गर्न नर्वेले प्रोत्साहन गर्ने पनि विज्ञप्तिमा भनिएको छ । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts