Thursday, October 29, 2015

बारद्वारा ल फर्ममा आगो लगाउनेलाई कारबाही गर्न माग

काठमाडौँ, १२ कात्तिक । नेपाल बार एसोसिएसनले अधिवक्ताद्वय नागेन्द्र यादव र वीरेन्द्रप्रसाद शाहको माइतीघरमा रहेको मिथिला कानुनी सेवामा (ल फर्म) मङ्गलबार अज्ञात व्यक्तिहरुले आगो लगाई क्षति पु¥याएकोप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

बारका महासचिव सुनिलकुमार पोखरेलले आज प्रेस विज्ञप्ति जारी गरी स्वतन्त्ररुपमा कानुन व्यवसाय गर्दै आउनुभएका अधिवक्ताद्वयको कानुनी सेवामा आगो लगाउनेजस्तो आपराधिक कार्यप्रति निन्दा गर्नुभएको छ ।

विज्ञप्तिमा अज्ञात उच्छृङ्खल व्यक्तिले कार्यालयको ढोकामा प्रज्ज्वलनशील पदार्थ खन्याइ आगो लगाई ल फर्मभित्रसमेत क्षति पु¥याउने कार्यले स्वतन्त्ररुपमा व्यवसाय सञ्चालन गर्ने हकको सुरक्षा र व्यवसायको सम्मानमा समेत बाधा पुगेको उल्लेख गरिएको छ ।

महासचिव पोखरेलले सो आपराधिक कार्यमा संलग्न दोषीलाई चाँडो अनुसन्धान गरी कानुनबमोजिम कारबाही गर्न माग गर्नुभयो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts