Thursday, October 29, 2015

अस्पतालमा रुघाखोकी र भाइरल ज्वरोका बिरामी बढे

लहान, १२ कात्तिक । मौसममा आएको परिवर्तनसँगै सिरहा जिल्लाका अस्पतालमा रुघाखोकी र भाइरल ज्वरोका बिरामी बढेका छन् ।

सदरमुकाम राजविराजस्थित जिल्ला अस्पतालमा अहिले दैनिक ५०÷६० जनासम्म रुघाखोकी तथा भाइरल ज्वरोका बिरामी आउने गरेको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट चिकित्सक दयाशङ्करलाल कर्णले जानकारी दिनुभयो ।

रुघाखोकी तथा भाइरल ज्वरोबाट सबैभन्दा बढी दुधेबालकदेखि वृद्धवृद्धा प्रभावित भएका छन् । सिरहा जिल्ला अस्पतालबाहेक लहानस्थित रामप्रसाद उमा स्मारक अस्पतालमा समेत दैनिक ६०÷७० जनासम्म रुघाखोकी तथा भाइरल ज्वरोका बिरामी आउने गरेको अस्पताल प्रशासनले जनाएको छ ।

मौसममा आएको परिवर्तनका कारण बिरामी अझ बढ्न सक्ने भएकाले स्वास्थ्यमा ध्यान दिन चिकित्सकले सुझाव दिएका छन् । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts