Tuesday, November 3, 2015

भूकम्पपछि बन्द भएका भन्सार नाका सञ्चालन गर्न आग्रह

काठमाडौँ, १७ कात्तिक । नेपालले भूकम्पबाट प्रभावित भएका नेपाल–चीनबीच रहेका भन्सार नाका चाँडो सञ्चालनमा ल्याउन चिनियाँ पक्षलाई आग्रह गरेको छ ।

आजदेखि यहाँ सुरु भएको २८औँ उच्चस्तरीय वार्षिक बैठकमा भूकम्पपछि रसुवागढीलगायतका नाका अझै सञ्चालनमा नआएको भन्दै चाँडो सञ्चालनमा ल्याउन आग्रह गरिएको होे ।

केरुङ तथा तातोपानी नाका सञ्चालनमा आए पनि अन्य नाका सञ्चालनमा कठिनाइ भएको छ ।

बैठकमा भन्सार प्रशासनलाई सुदृढ गरी प्रभावकारी बनाउने र नेपालले निर्यात गर्दै आएको वस्तुलाई सहजरुपमा जाँचपास गराउने सम्बन्धमा छलफल सुरु भएको बैठकमा सहभागी भन्सार विभागका निर्देशक सूर्य सेढाईंले जानकारी दिनुभयो ।

बैठमा नेपाल र चीनको कार्यालय समय दुई घन्टाको फरक परेकाले त्यसलाई समायोजन गर्न पनि पहल गर्ने निष्कर्षमा पुगिएको विभागका प्रवक्तासमेत सहनुभएका सेढाईंले बताउनुभयो ।

उहाँले आठ हजार वस्तुले भन्सार सुविधा दिएको भए पनि सो कार्यान्वयन नभएकाले कार्यान्वयन गर्न समिति बनाउने र भन्सार कार्यालयबीच स्थानीयस्तरमा छलफल चलाउने विषयमा दुई पक्ष सहमत भएको जानकारी दिनुभयो ।

बैठकमा भएका छलफलबाट निष्कर्षमा पुगेका विषयमा सहमति गर्ने तयारी गरिएको प्रवक्ता सेढाईंले बताउनुभयो ।

बैठकमा ताप्लेजुङको ओलाङ्चुङगोला, सङ्खुवासभाका किमाथाङ्का, दोलखाको लामाबगर, गोरखाको लार्के, मुस्ताङ, मुगु र हुम्लाको यारी नाकालाई थप प्रभावकारी बनाउने विषयमा पनि छलफल भएको छ ।

नेपालका तर्फबाट बैठकको नेतृत्व भन्सार विभागका उपमहानिर्देशक दामोदर रेग्मी गर्नुभएको छ भने चीनका तर्फबाट ल्हासा भन्सारका उपप्रमुख लङ चेङ वइले गर्नुभएको छ । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts