बर्दिवास, १६ कात्तिक । एकसाथ बहुबाली लगाउन पाइने भएपछि महोत्तरीका किसान कात्तिके उखु खेतीतर्फ आकर्षित हुन थालेका छन् ।
कात्तिकमा रोपिने उखु बालीसँगै तेलहन, दलहन र तरकारीसमेत लगाउन सकिने भएपछि किसानहरु कात्तिके उखु खेतीतर्फ आकर्षित भएका हुन् ।
कात्तिकमा उखु टे«न्च विधि (दुई हातको फरकमा उखुको गिँड राखेर दुई हातकै फरकमा रोपिने विधि) बाट रोपिने भएकाले अन्यबाली समेत यसमा लगाउन सकिन्छ । अहिले उखुसँगै दलहन, तेलहन र तरकारी लगाएर तीन महिनामै दोस्रो बालीको उत्पादन लिन पाउने भएपछि आपूmहरु कात्तिके उखुखेती गर्न उत्साहित भएको पशुपतिनगर–४ का किसान नथुनी महतोले बताउनुभयो ।
उखु एक वर्षमा तयार हुने र तीन महिनाभित्रै उत्पादन लिन सकिने र अर्को बाली लगाउँदा दोस्रो बालीले नै दुवै बालीको लागत उठाउन सकिने किसानको बुझाइ छ । उखुभित्र लगाइने तेलहन र दलहन बालीको जराको गिर्खा र गाँठामा उखुबाली फस्टाउने नाइट्रोजन तत्व हुन्छ ।
अहिले रोपिने उखुभित्र दलहनमध्येका मुसुरो, चना र केराउ, तेलहनमा तोरी र आलस एवम् तरकारीमा आलु र मुलाको राम्रो उत्पादन लिन सकिने उखुविज्ञको भनाइ छ ।
जिल्लाको रामनगरस्थित एभरेष्ट सुगर एण्ड केमिकल इण्डष्ट्रिजका महाप्रबन्धकसमेत रहनुभएका उखुबाली विज्ञ युगलकिशोर चौरासियाले कात्तिक महिनामा लगाएको उखु राम्ररी फस्टयाउने र यसमा लगाइने अर्को बालीबाट थप उत्पादन लिन सकिने भएकाले कृषक कात्तिके उखु खेतीतर्फ आकिर्षित भएको बताउनुभयो ।
आफ्नो उद्योगले यसवर्ष कात्तिकमा उखुखेती गर्ने किसानका लागि सहुलियत दरमा बीउ उपलब्ध गराउँदै आएको बताउँदै महाप्रबन्धक चौरसियाले भन्नुभयो, “यसअघि माघ÷फागुनमा उखु रोप्ने किसान कात्तिके उखुको फाइदा बुझेपछि धमाधम हाम्रो सम्पर्कमा आइरहेका छन् ।”
यसपटक छहजार हेक्टर क्षेत्रफलमा कात्तिके उखुखेती गर्ने गरी किसानको माग आएको उहाँले बताउनुभयो ।
महोत्तरीमा यसपाली १० हजार हेक्टरमा मुडन (पहिलो पालीको उखु) र १५ हजार हेक्टरमा खुट्टी (दोश्रो वर्ष लिइने उखुबाली) रहेको उखु उत्पादक महासङ्घका रामचन्द्र कुशवाहाले जानकारी दिनुभयो । रासस
No comments:
Post a Comment