वीरगन्ज, २९ कात्तिक । छठ पर्व आजदेखि विधिवत सुरु भएको छ ।
विशेष गरेर तराईवासीले कात्तिक शुक्ल चतुर्थीदेखि विधिवत रुपमा सुरु गरी चार दिनसम्म यो पर्व हर्षोल्लासका साथ मनाउँछन् । कात्तिक महिनाको चौथीदेखि व्रतालु भई यो पर्व मनाउन सुरु गरिन्छ र सप्तमीको बिहान यो पर्वको समापन गरिन्छ । छठ पर्वको पहिलोे दिन आज व्रतालुहरुले खोला, नाला, नदी, पोखरी र तलाव लगायतका जलाशयमा गई नुहाईधुवाई गरेर माछामासु, लसुन, प्याज, कोदो, मसुर जस्ता वस्तु परित्याग गर्छन् ।
पञ्चमी तिथि (दोस्रो दिन) लाई ‘खरना’ (संरक्षण अर्थात् पापको क्षय) भनिन्छ । खरना छठ पर्वको अघिल्लो दिन भएकाले यो दिन व्रतालुहरु दिनभरि निर्जला व्रत बस्छन् र सा“झ पख नुहाएर चोखो भई आफ्नो कुल देवता स्थापना गरेको पुजा कोठामा नया“ चुल्हो स्थापना गरी प्रसाद बनाउने गरिन्छ । मङ्गलबार अस्ताउंदो र बुधवार उदाउँदो सूर्यलाई अर्घ दिएर छठ पर्व समापन गरिने छ । दसैं जस्तै छठ पर्व वर्षमा दुई पटक मनाइन्छ । कात्तिक र चैत महिनाको शुक्ल पक्षमा मनाइने यो पर्व पारिवारिक सुख, समृद्धि, पुत्र प्राप्ति र मनोकामना पूर्तिका लागि व्रतालुहरु व्रत लिन्छन् । रासस
Sunday, November 15, 2015
छठ पर्व आजदेखि सुरु
Subscribe to:
Post Comments (Atom)
Featured Post
रानी वनमा वनमारा झार
भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...
Popular Posts
-
काठमाडौँ।प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच मुलुकको पछिल्लो राजनीतिक अवस्था र रा...
-
काठमाडौँ, १७ कात्तिक । भारतीय राष्ट्रपति प्रणव मुखर्जीको सवारीको क्रममा सर्वसाधारणलाई सडकपेटीबाट हिँड्न रोक नलगाइएको नेपाल प्रहरीले जनाएको छ...
-
काठमाडौँ, १४ असोज । सभामुख ओनसरी घर्तीले व्यवस्थापिका–संसद् कृषि तथा जलस्रोत समितिका नवनिर्वाचित सभापति मोहनप्रसाद बराललाई आज पद तथा गोपनीयत...
No comments:
Post a Comment