Wednesday, November 11, 2015

उपराष्ट्रपति–शुभकामना सन्देश

काठमाडौँ, २५ कात्तिक । उपराष्ट्रपति नन्दबहादुर पुनले शुभ दीपावली, नेपाल सम्बत नव वर्ष ११३६ तथा छठ पर्वको सुख्द अवसरमा सम्पूर्ण नेपालीहरुमा शुभकामना व्यक्त गर्नुभएको छ ।

आज एक शुभकामना सन्देश दिँदै उपराष्ट्रपति पुनले नेपाल धार्मिक र सांस्कृतिकरुपमा विविधता भएको मुलुक भएको उल्लेख गर्दै यस घडीमा सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीमा उत्तरोत्तर प्रगतिको कामनाका साथै शुभेच्छा व्यक्त गर्नुभएको छ ।

सन्देशमा संविधानसभाबाट नयाँ संविधान जारी भइसकेको परिवर्तित सन्दर्भमा मुलुकको आवश्यकता भनेको द्रुततर आर्थिक विकास, प्रगति र समृद्धि भएको उल्लेख गर्नुभएको छ ।

केही महिनायता गएको विनाशकारी भूकम्प र हालै देशले आपूर्तिमा बेहोर्नुपरेको असहजताका कारण नेपालीहरुको चाडपर्वको समय कठिन बन्न पुगेको बताउँदै उहाँले सिङ्गो नेपाली जनताको एकता र सहकार्यबाट देशले विद्यमान कठिनाई र चुनौतीहरुको सामना गरी अघि बढ्न शुभ दिपावली, नेपाल सम्बत एवम् छठ पर्वले प्रेरणा मिलोस् भनी कामना गर्नुभएको छ । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts