Tuesday, November 3, 2015

बन्दले जनकपुरमा औषधि अभाव, अस्पतालको सेवा प्रभावित हुने

महेन्द्रनगर (धनुषा), १७ कात्तिक । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले गरेको अनिश्चितकालीन बन्द तथा भारतीय नाकाबन्दीका कारण जनकपुर बजारमा औषधिको अभाव भएको छ ।

दैनिक औषधि सेवन गर्नुपर्ने बिरामी मर्कामा परेका छन् भने आन्दोलनको कारण जनकपुर अञ्चल अस्पतालको सेवा प्रभावित हुने भएको छ ।

आमहडतालका कारण हृदयरोग, उच्च रक्तचाप, मधुमेह, बच्चाहरुको औषधिहरुको बजारमा अभाव भएको छ । एसिलक एम्पुल, ज्वरोका औषधि, एन्टिबायोटिक, स्लाइनलगायतका अतिआवश्यक औषधिको बजारमा अभाव भएको नेपाल औषधि व्यवसायी संघ अञ्चल शाखा जनकपुरका अध्यक्ष गणेशप्रसाद साहले बताउनुभयो ।

आर्थिक वर्ष समाप्त भएदेखि जनकपुरमा आन्दोलन सुरु भएपछि जनकपुर अञ्चल अस्पतालमा औषधि र अक्सिजनलगायतका अतिआवश्यक औषधिको अभाव हुन थालेको छ ।

आर्थिक वर्ष समाप्त भएपछि जनकपुर अञ्चल अस्पतालले औषधि र अक्सिजन लगायत सामग्रीहरु ट्रयाक्टरमार्फत परिपुर्ति गर्ने गरेको थियो । तर, यस वर्ष आन्दोलनको कारण हालसम्म औषधि आपूर्ति हुन नसकेको जनकपुर अञ्चल अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट सञ्जय ठाकुरले बताउनुभयो ।

अक्सिजन, सर्पदंश, एन्टीवायोटिक, नरमल सलाइन, एचआइभी रोगीका औषधि लगायत अस्पतालमा अभाव भएको मेसु ठाकुरले जानकारी दिनुभयो । यस्तै अवस्था रहिरहने हो भने जनकपुर अञ्चल अस्पतालको आकस्मिक सेवा, शल्यक्रिया र प्रसूति सेवासमेत बन्द गर्नुपर्ने अवस्था आउने ठाकुरले जनाउनुभयो ।

मधेसी मोर्चाले विगत ८१ दिनदेखि आमहड्ताल गरेकोले सबै क्षेत्रमा समस्या उत्पन्न भएको छ । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts