काठमाडौँ, १७ कात्तिक । नेपालका लागि संयुक्त अधिराज्यका नवनियुक्त राजदूत रिचर्ड मरिस आफ्नो कार्यभार सम्हाल्न आज अपराह्न यहाँ आइपुग्नु भयो ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा राजदूत मरिसलाई नायब शिष्टाचार महापाल राजाराम बर्तौलाले स्वागत गर्नुभयो ।
निकट भविष्यमा राष्ट्रपतिसमक्ष राजदूत मरिसले ओहोदाको प्रमाणपत्र प्रस्तुत गर्नुहुने नायब शिष्टाचार महापाल बर्तौलाले राससलाई बताउनुभयो । रासस
No comments:
Post a Comment