Saturday, November 14, 2015

पर्यटन आगमनमा कमी

धुन्चे (रसुवा), २८ कात्तिक । ‘गोरखा भूकम्प’पछि पर्यटकको आगमनमा कमी आएको छ ।

गत साउनदेखि हालसम्म रसुवा भित्रने पर्यटकको सङ्ख्या एक हजार १५६ मात्र पुगेको छ । ती पर्यटकले बढी मात्रामा गोसाइँकुण्ड र तामाङ सम्पदा मार्गमा भ्रमण गर्ने गरेको लाङटाङ राष्ट्रिय निकुन्जले जनाएको छ ।

गत वर्ष यस अवधिमा सात÷आठ हजार पर्यटकको आगमन हुने गरेको थियो । यस वर्ष भूकम्पका कारण लाङटाङ क्षेत्रमा लामो समयमसम्म बाटो अवरोध तथा खान बस्नको अभाव भएका कारण पर्यटकको आगमन सङ्ख्या कम भएको निकुञ्चले जनाएको छ ।

लाङटाङ क्षेत्रमा जाने पैदल मार्ग भर्खर निर्माण भई यातायातको व्यवस्थापन हुन थालेकाले दोस्रो याममा पर्यटकको आगमनमा उल्लेखनीय मात्रामा वृद्धि हुने अपेक्षा निकुञ्ज कार्यालयको छ । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts