Sunday, November 15, 2015

चारचक्के सवारी साधन आवातजावतमा रोक

कपिलवस्तु, २९ कात्तिक । नेपाल भारत सीमा अन्तर्गत सदरमुकाम तौलिहवा भित्रने मर्जादपुर सीमा नाकामा भारततर्फबाट उच्च कडाइ गरिएको छ ।

सीमा नाकाको भारततर्फको खुनुवामा खटिएका भारतीय सुरक्षा बलले चारचक्के सवारी साधनमा पूर्ण रोक लगाएको छ । त्यस्तै मोटरसाइकल र पैदल यात्रुलाई निकै कडाइका साथ आवतजावत गर्न दिइएको छ ।

आपूmहरुलाई माथिको आदेश आएका कारण सीमा नाकाबाट चारचक्के सवारी साधन आवतजावतमा रोक लगाइएको भारतीय सीमा सुरक्षा बलको खुनुवा कार्यालयले जनाएको छ । कृष्णनगर सीमा नाकाबाट भने निर्बाध रुपमा चार चक्केलगायत सवारी साधन सञ्चालनमा छन् । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts