Wednesday, November 18, 2015

न्यूनचापीय क्षेत्रको प्रभावले मौसम परिवर्तन

काठमाडौँ, २ मङ्सिर । न्यूनचापीय क्षेत्रको प्रभावका कारण मुलुकको मौसममा केही परिवर्तन आएको छ ।

न्यूनचापीय क्षेत्र पश्चिमबाट पूर्वतर्फ सर्ने क्रममा मौसम बदली भई पूर्वी क्षेत्रमा प्रभाव परेको मौसमविद् सुवास रिमालले राससलाई जानकारी दिनुभयो ।

उक्त चापकै कारण पहाडी क्षेत्रमा आज मौसम बदली भएको छ, भने मङ्गलबार पूर्वी भेगका केही स्थानमा पानी परेको थियो ।

“धुलोको कण बसेर तुवालो लागेपछि मौसम खराब भएको हो । जाडो समय सुरु भएपछि यो नियमित प्रक्रिया पनि हो । न्यूनचापीय क्षेत्र ह्वात्तै सरेकाले एक्कासी मौसममा खराबी आएको हो । यो विस्तारै सरेको भए कुनै प्रभाव हँुदैनथ्यो”– मौसमविद् रिमालले भन्नुभयो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts