Tuesday, November 3, 2015

सहायक वन अधिकृतविरुद्ध आरोपपत्र

काठमाडौँ, १७ कात्तिक । घुस सहित पक्राउ परेका जिल्ला वन कार्यालय, बाँकेका निमित्त कार्यालय प्रमुख बदरुद्दिन खानविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज विशेष अदालतमा आरोपपत्र दायर गरेको छ ।

बाँके परसपुरका एक व्यक्तिको आवादी जग्गामा रहेको रूख प्रक्रिया पूरा नगरी कटान गरेको बारे वन कार्यालयमा अनुसन्धान भइरहेको मुद्दा मिलाइदिन्छु भनी रु चालीस हजार लिइसकेको अवस्थामा सहायक वन अधिकृत खान पक्राउ परेका थिए ।

भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३(१) द्वारा परिभाषित कसुर गरेको पुष्टि हुन आएकाले सहायक वन अधिकृत खानमाथि बिगो रु चालीस हजार कायम गरी सोही ऐन बमोजिम सजाय दाबी गर्दै उनीविरुद्ध आरोपपत्र दायर गरिएको आयोगले जनाएको छ । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts