जनकपुरधाम, १५ कात्तिक । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको जनकपुरमा सम्पन्न बैठकले आन्दोलनसम्बन्धी सम्पूर्ण कार्यक्रम अझ बढी सशक्त रुपमा अगाडि बढाउने निर्णय गरेको छ ।
मोर्चाद्वारा आज जारी विज्ञप्तिमा आमहडताल, राजमार्ग र नाका अवरोध, उद्योग र कलकारखानालगायत सरकारी कार्यालय तथा वित्तीय संस्था बन्द अझ बढी सशक्त बनाइने उल्लेख छ ।
बैठकले वार्तालाई परिणाममुखी बनाउन सरकार संवेदनशील हुनुपर्नेमा जोड दिँदै वार्ताको नाटक रच्ने कार्य बन्द गरिनुपर्नेमा पनि जोड दिएको छ ।
मुद्दाको सम्बोधन नभएसम्म आन्दोलन यथावत् जारी नै रहनेसमेत बैठकले निर्णय गरेको छ । रासस
No comments:
Post a Comment