Monday, November 9, 2015

दाङको चौपट्टामा भारतीय ट्रकमा आगजनी

दाङ, २३ कात्तिक । भारतीय नम्बर प्लेटको ट्रकमा आज अज्ञात समूहले आगजनी गरेको छ ।

दाङको घोराहीमा केरा झारेर फर्किदै गरेको युपी ५५ सी ४०२५ नम्बरको ट्रकमा चार÷पाँचजनाको अज्ञात समूहले ट्रकमा आगजनी गरेको चालक सुकदेव यादवले जानकारी दिनुभयो ।

भारतको कृष्णनगरबाट केरा लिएर आएको ट्रक फर्किने क्रममा घोराही–लमही सडकखण्डको चौपट्टामा रोकेर सो समूहले आगजनी गरेको यादवले बताउनुभयो ।

आगजनीबाट ट्रक पूर्णरुपमा क्षति भएको दाङका प्रहरी प्रमुख कुबेर कडायतले जानकारी दिनुभयो । ट्रकमा आगलागी भएको जानकारी पाएलगत्तै घोराही नगरपालिकाबाट गएको वारुणयन्त्रले आगो नियन्त्रणमा लिएको थियो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts