Wednesday, November 25, 2015

दातृ निकायका प्रतिनिधिसंग छलफल

काठमाडाँै, ९ मङ्सिर । सरकारले नेपालको आर्थिक एवम् सामाजिक विकासमा सहयोग गरिरहेको दातृ निकायका प्रतिनिधिसंग छलफल गरेको छ ।
अर्थमन्त्रालयमा आज आयोजित छलफलमा सरकारले भूकम्पपछिको पुनःनिर्माण कार्य र अघोषित नाकाबन्दीले जनजीवनमा पु¥याएको असरका बारेमा ती निकायका प्रतिनिधिलाई जानकारी समेत गराएको थियो ।
छलफलमा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले भूकम्पपछिको पुनःनिर्माणको कार्यलाई तीव्रता दिन सरकारले राष्ट्रिय पुनःनिर्माण प्राधिकरण गठन नभएसम्मका लागि काम अघि बढाउन राष्ट्रिय योजना आयोगलाई जिम्मेवारी दिएको बताउनुभयो ।
उहाँले तराई मधेसको आन्दोलनले आपूर्तिमा देखिएको असजह अवस्थालाई जतिसक्दो चाँडो समाधान गरी राजनीतिक स्थायित्व कायम गर्दै मुलुकको अर्थव्यवस्थालाई द्रुततर गतिमा अघि बढाउने प्रयास भइरहेको जानकारी दिनुभयो ।
सरकारले नियमित कार्यक्रमअन्तर्गत स्थानीय विकास साझेदारसँग सो छलफल गरेको हो । छलफलमा सरकारले नेपालको पुनःनिर्माणका लागि अन्तर्राष्ट्रिय सम्मेलनमा भएको सहयोगको प्रतिबद्धता प्रदान गर्न आग्रह गरेको थियो ।
कार्यक्रममा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा युवराज खतिवडाले तत्काल वैकल्पिक ऊर्जामा सहुलियतका लागि सहयोग गर्न आग्रह गर्दै विकास निर्माणमैत्री ऐननियम निर्माण हुने क्रममा रहेको बताउनुभयो ।
अर्थ सचिव लोकदर्शन रेग्मीले भूकम्पपछिको पुनःनिर्माणमा सरकारले प्राथमिकता दिएको जानकारी दिँदै साझेदारसँगको जीवन्त सहकार्यबाट मुलुकको अर्थतन्त्रलाई प्रभावकारी बन्ने विश्वास व्यक्त गर्नुभयो
विकास साझेदार संस्थाका प्रतिनिधिले नेपालमा पछिल्लो पटक देखिएको अवस्थाका बारेमा चासो देखाएका थिए । उनीहरुले सरकारलाई सहयोगको प्राथमिकता क्षेत्र तोक्नसमेत आग्रह गरेका थिए ।
कार्यक्रममा नेपालको आर्थिक एवम् सामाजिक विकासमा सहयोग गरिरहेका संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम, विश्व बैँक, एशीयाली विकास बैँक लगायताका साझेदार संस्थाका प्रतिनिधिको सहभागिता रहेको थियो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts