Tuesday, November 17, 2015

खेलकुदका विकृति हटाउन महाभारतको एकलव्य बन्न तयार छु –खेलकुद मन्त्री मण्डल

काठमाडौँ, १ मङ्सिर । युवा तथा खेलकुद मन्त्री सत्यनारायण मण्डलले फुटबलमा भएका विकृति र विसङ्गतिले देशको स्वाभिमानमा ठेस पु¥याएको बताउनुभएको छ ।

रिपोर्टर्स क्लबले आज यहाँ गरेको साक्षात्कार कार्यक्रममा उहाँले पछिल्लो समयमा फुटबलमा देखिएका भ्रष्टाचार, म्याच फिक्सिङ (खेल मिलेमतो) मात्र नभएर धेरै अनैतिक कार्य रहेको बताउँदै सुधारका लागि सबै लाग्नुपर्नेमा जोड दिनुभयो ।

विश्व फुटबल महासङ्घ (फिफा)ले हालै भ्रष्टाचारको अभियोगमा अखिल नेपाल फुटबल सङ्घ (एन्फा)का अध्यक्ष गणेश थापालाई गरेको कारबाहीलाई गम्भीररुपमा लिएको बताउनुभएका मन्त्री मण्डलले स्वतन्त्र छानबिनका लागि समिति बनाउन सरकारसँग प्रस्ताव गर्ने जानकारी दिनुभयो ।

उहाँले खेलकुद क्षेत्रमा परम्परागत राजतन्त्रवादी सोच अझै हाबी भएकाले त्यसको लोकतान्त्रीकरणका लागि पहल गर्ने बताउँदै भन्नुभयो, “खेलकुद क्षेत्र विगतमा सामन्तवादी राजतन्त्रबाट निर्देशित भएकाले निजी सम्पत्तिजस्तो पेवा ठानियो, त्यसको परिणाम नै अहिलेको यो विकृति र विसङ्गति हो ।” उहाँले भन्नुभयो, “यस्ता विकृति हटाउन महाभारतको एकलब्य बन्न तयार छु तर झुक्दिन ।”

राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्य सचिव केशवकुमार विष्टले एन्फा अध्यक्ष थापाको कारबाहीसम्बन्धी आधिकारिक पत्र फिफाबाट आएपछि कारबाही प्रक्रिया अगाडि बढाउने बताउनुभयो ।

एन्फा उपाध्यक्ष कर्माछिरिङ शेर्पाले आफूहरुले विगत दुई वर्षदेखि फुटबलमा विकृति छ भनेर आवाज उठाएको भए पनि सुनुवाइ नभएको तर अहिले फिफाले प्रमाणित गरिदिएकामा खुसी व्यक्त गर्नुभयो ।

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts