Sunday, November 15, 2015

शान्तिनगरमा फाल्गुनन्दको सालिक निर्माण

सुरुङ्गा (झापा), ३० कात्तिक । झापाको शान्तिनगर–१ मा राष्ट्रिय विभूति तथा किरात धर्मका महागुरु फाल्गुनन्द लिङ्देनको पूर्ण कदको सालिक निर्माण गरिएको छ ।

किरात हाङ्साम थेवा माङ्हिम (किरात मन्दिर टिमाई)को परिसरमा निर्मित सालिक स्थानीय दाताको सहयोगमा निर्माण गरिएको स्थानीयवासी चक्र शेर्माले जानकारी दिनुभयो । सालिक सात लाख रुपैयाँको लागतमा निर्माण गरिएको बताइएको छ । सो सालिकको अनावरण पूर्वकानून तथा न्यायमन्त्री नरेन्द्रविक्रम नेम्वाङले गर्नुभयो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts