बैतडी, ३० कात्तिक । बैतडीको बासुलिङ्गमा पहिलोपटक सडक पुगेपछि स्थानीय बासिन्दा हर्षित भएका छन् । पहिलोपटक गाउँमा सडक पुगेपछि सडक कार्यालयका कर्मचारीलाई आइतबार फूलमालाले स्वागत गरेको स्थानीयवासी तर्कराज भट्टले बताउनुभयो ।
गाउँमा सडक पुग्दा खुसी भएर सडक खन्ने मेसिन डोजरका अपरेटर मनिष कँुवर र डिभिजन सडक कार्यालयका कर्मचारी डम्मर धामीलाई स्थानीयवासीले फूलमालाले स्वागत गरेका थिए । सतबाँझ वासुलिङ्ग श्रीभावर सडकखण्डअन्तर्गत आइतबार वासुलिङ्गको तडीगाउँसम्म जिप चल्ने ट्र्याक खोलिएको हो । रोयल निर्माण सेवा बैतडीमार्फत सडक निर्माण कार्य जारी रहेको छ । अहिलेसम्म सो सडकको नौ किलोमिटरसम्म गाडी जान सक्ने भएको निर्माण कम्पनीले जनाएको छ । रासस
No comments:
Post a Comment