Tuesday, November 10, 2015

दार्चुला जिप दुर्घटना ज्यान गुमाएकाको सनाखत

बैतडी, २४ कात्तिक । दार्चुला जिप दुर्घटना ज्यान गुमाएका दुईजनाको सनाखत भएको छ ।

ज्यान गुमाउनेमा म१ज १५३ नम्बरका जिप चालक शङ्करपुर–३ का किसनसिंह धामी र दुर्घटनामा परेको जिपका सहचालक दार्चुला अपी नगरपालिका–११ का कैलाश लुुहार रहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी प्रमुख सुशील सिंह राठौरले बताउनुभयो ।

उहाँले भन्नुभयो, “जिपमा सवार अन्य चारजना अझै बेपत्ता रहेका छन् ।”

मृतकको शव परीक्षणका लागि जिल्ला अस्पताल दार्चुलामा ल्याइएको समेत उहाँले बताउनुभयो ।

अपी नगरपालिका–१६ धापबाट सदरमुकाम खलङ्गाका लागि छुटेको म१ज १४० नम्बरको जिप आज साँझ ४ः३० बजेतिर मसिनबालुवा भन्ने ठाउँमा दुर्घटनामा परेको थियो ।

जिप सडकबाट २०० मिटर तल महाकाली नदीमा खसेको छ । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts