काठमाडौँ, ७ मङ्सिर । नेपाल कम्युनिस्ट पार्टीले नाकाबन्दीका कारणले ग्यास, पेट्रोलियम पदार्थ तथा अत्यावश्यकीय औषधिजन्य लगायत उपभोग्य सामग्री हवाई मार्गबाट आपूर्ति गर्न सरकारसँग माग गरेको छ ।
पार्टीका अध्यक्ष ऋषिराम कट्टेलको अध्यक्षतामा आज कोटेश्वरमा बसेको पदाधिकारी बैठकले उपभोग्य वस्तुमा भएको अभावको मौका छोपी भएको कालोबजारी र महँगीले जनतालाई आतङ्कित बनाएको ठहर गर्दै कालोबजारी र नाफाखोरीलाई कारबाहीको माग गरेको छ ।
बैठकले संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा र सरकारलाई जनता र राष्ट्रप्रति खेलबाड नगरी मागलाई सही ढङ्गले सम्बोधन गर्न गराउन आग्रह गरेको छ । वर्तमान समस्यालाई क्षेत्रीय र जातीय समस्याको रुपमा चित्रण र परिभाषित नगरी बृहत् राष्ट्रिय एकता र जातीय, धार्मिक, सांस्कृतिक सद्भाव कायम गरी मुलुकको राष्ट्रियता र स्वाभिमान जोगाउन सबै दललाई एकताबद्ध भई अघि बढ्न बैठकले सुझाएको महासचिव शरणविक्रम मल्लले जानकारी दिनुभयो ।
त्यसैगरी बैठकले सप्तरीका विभिन्न स्थानमा दुई जनाको मृत्यु भएको तथा धेरै सुरक्षाकर्मी घाइते भएकामा दुःख व्यक्त गरेको छ । रासस
No comments:
Post a Comment