Thursday, November 5, 2015

डकैतीको अभियोगमा पक्राउ

धनगढी, १९ कात्तिक । बझाङ जिल्ला जयपृथ्वीनगरपालिकाका हरिश जैशीको रु १० लाख ६५ हजार र सुनको औँठी चोरी डकैती भएको घटनामा संलग्न भएको आरोपमा पक्राउ परेका चार जनालाई आज प्रहरीले सार्वजनिक गरेको छ ।

जिल्ला प्रहरी कार्यालय कैलालीमा आज आयोजित पत्रकार सम्मेलनमा अभियुक्तले लुटपाटमा प्रयोग गरेको एक एक पल्सर बाइक र स्कुटरसमेत बरामद गरेको छ । तिनलाई लुटपाट तथा डकैती मुद्दाअन्तर्गत कारबाही गरिने प्रहरीले जनाएको छ । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts