Wednesday, November 25, 2015

सिलिण्डर बिस्फोटमा घाइते भएका एकको मृत्यु

रौतहट, ९ मङ्सिर । गरुडा नगरपालिकास्थित साप्ताहिक हाट बजारमा ग्यास सिलिण्डर बिस्फोटमा घाइते भएकामध्ये एक जनाको आज मृत्यु भएको छ ।

साप्ताहिक हाट बजारमा बसेका बेला मङ्गलबार दिउँसो ग्यास सिलिण्डर विस्फोट हुंँदा गम्भीर घाइते भएकी गरुडा नगरपालिका–२ वस्ने ५० वर्षीय शान्तिदेवी साहको मृत्यु भएको प्रहरीले जनाएको छ । सिलिण्डर विस्फोट हुँदा ११ जना घाइते भएका थिए ।

उनलाई उपचारका लागि काठमाडौँ लैजाने क्रममा बाटैमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts