काठमाडौँ, १७ कात्तिक । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला वन कार्यालय, बाँकेका निमित्त कार्यालय प्रमुख, सहायक वन अधिकृत बदरुद्दिन खानविरुद्ध आज विशेष अदालतमा आरोप पत्र दायर गरेको छ ।
आयोगका अनुसार बाँके परसपुर–२ एक व्यक्तिको आवादी जग्गामा रहेको रूख प्रक्रिया पूरा नगरी कटान गरेको सोबारे अनुसन्धान भइरहेको मुद्दा मिलाइदिन्छु भनी रु ४० हजार घुस रिसवत् माग गरेको आरोप खानलाई लगाइएको छ ।
आरोपत्रमा भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ (१) द्वारा परिभाषित कसुर गरेको पुष्टि भएकोले उक्त कार्यमा संलग्न रहेका निज सहायक वन अधिकृत खानसँग बिगो रु ४० हजार कायम गरी सोही ऐनको दफा ३(१) र ३(१)(ख) बमोजिम सजाय हुन मागदाबी गरिएको छ । रासस
No comments:
Post a Comment