Saturday, November 14, 2015

भीरबाट लडेर मृत्यु

धनगढी, २८ कात्तिक । कैलाली जिल्लाको गोदावरी गाविस–८ मा भिरबाट खसेर एक व्यक्तिको मृत्यु भएको छ ।

गोदावरी गाविस–८ का ४० वर्षीय जीतबहादुर तामाङको भिरबाट खसेर मृत्यु भएको अवस्थामा आज शव फेला परेको इलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ ।

गएराति घर नफर्किएपछि गरिएको खोजतलासका क्रममा गाउँ नजिकैको खोल्सोमा तामाङलाई टाउकामा चोट लागेको अवस्थामा आज मृत फेला पारिएको हो ।

देउसी भैलो खेलेर सङ्कलन भएको रकमबाट जाँड खाई हिँडिरहेको अवस्थामा तामाङको गएराति भिरबाट लडेर मृत्यु भएको हुनसक्ने प्रहरीले बताएको छ । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts