Tuesday, November 3, 2015

काउन्सिलद्वारा पर्साका एफएमहरुलाई सचेतपत्र

काठमाडौँ, १७ कात्तिक । प्रेस काउन्सिल नेपालले प्रायोजित र बनावटी समाचार सामग्रीहरू प्रकाशन प्रसारण नगर्न एफएम रेडियोहरूलाई सचेत गराएको छ ।

प्रेस काउन्सिलका अध्यक्ष बोर्णबहादुर कार्कीले आज पर्सा, वीरगन्जका रेडियो तराई (१०७ मेगाहर्ज), रेडियो बिन्दास (९४.८ मेगाहर्ज), रेडियो वीरगन्ज (९९), नारायणी एफएम, भोजपुरिया एफएम, आकाश एफएम (१०१.९ मेगाहर्ज)लाई पत्रमार्फत सचेत गराउनुभएको हो ।

ती एफएमहरूमा पत्रकारिताको सिद्धान्त र मूल्य मान्यताविपरीत हिंसा र आतङ्कलाई प्रोत्साहन गर्ने, नेपालको सार्वभौमसत्ता, अखण्डता, राष्ट्रिय एकता, सामाजिक सद्भाव, सम्प्रदायहरूबीचको सुसम्बन्ध र छिमेकी मुलुकहरूसँगको असल सम्बन्धमा खलल पुग्ने प्रायोजित र बनावटी समाचार सामग्रीहरू प्रसारण भएको पाइएपछि काउन्सिलले यस्ताखाले प्रकाशन र प्रसारण पत्रकार आचारसंहिताविपरीत भएकाले तत्काल यस्तो समाचार सामग्री प्रकाशन प्रसारण नगर्न सचेत गराएको हो ।

काउन्सिल अध्यक्ष कार्कीले यस सम्बन्धमा कुनै प्रतिक्रिया भए सात दिनभित्र पेस गर्न पनि ती सञ्चारमाध्यमहरुलाई निर्देशन दिनुभएको छ । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts