Monday, November 2, 2015

सभामुख घर्ती र संयुक्त राष्ट्र सङ्घका प्रतिनिधिबीच भेटवार्ता

काठमाडौँ, १६ कात्तिक । सभामुख ओनसरी घर्ती र संयुक्त राष्ट्र सङ्घका प्रतिनिधि अरपाइन कोरेयानबीच शिष्टाचार भेटवार्ता भएको छ ।

व्यवस्थापिका–संसद् सचिवालय सिंहदरबारमा आज भएको भेटवार्तामा आपसी हितका विषयमा कुराकानी भएको थियो ।

राष्ट्रिय सूचना आयोगले मङ्गलबार आयोजना गर्न लागेको सूचनाको हकसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिन उहाँ काठमाडौँ आउनुभएको हो ।

सो अवसरमा संयुक्त राष्ट्र सङ्घका प्रतिनिधि कोरेयामले नेपालमा सूचना प्रविधिमा प्राविधिक सहयोग गर्ने विषयमा समेत कुराकानी भएको व्यवस्थापिका–संसद् सचिवालयले जनाएको छ । राससv

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts