काठमाडौँ, १७ कात्तिक । प्रधानमन्त्री केपी शर्मा ओलीले आज रसुवामा भएको यात्रुवाहक बस दुर्घटनामा परी ज्यान गुमाउनुभएका यात्रुप्रति श्रद्धाञ्जलि व्यक्त गर्नुभएको छ ।
उहाँले आज दिनुभएको समवेदना सन्देशमा भनिएकोे छ, ‘काठमाडौँबाट रसुवाको स्याफ्रुबेसी जाँदै गरेको एक यात्रुवाहक बस रसुवाको राम्चेमा दुर्घटना भई ३० जना यात्रुको ज्यान गएको थाहा पाउँदा म अत्यन्तै मर्माहत र स्तब्ध भएको छु ।’
प्रधानमन्त्री ओलीले यस दुःखद घडीमा मृतकप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दैै मृतकका परिवार र आफन्तप्रति गहिरो समवेदना प्रकट गर्नुभएको छ । दुर्घटनामा परी घाइते भएकाको शीघ्र उपचारको व्यवस्था मिलाउन स्थानीय प्रशासनलाई निर्देशन दिँदै घाइते सबैको शीघ्र स्वास्थ्यलाभको कामना पनि उहाँले गर्नुभएको छ । रासस
No comments:
Post a Comment