विराटनगर, १ मङ्सिर । आन्तरिक राजस्व कार्यालयले चौथो राष्ट्रिय कर दिवस तथा कर सप्ताह कार्यक्रम आजदेखि सुरु गरेको छ ।
यस अवसरमा विराटनगरस्थित कार्यालयले सेवाग्राहीका लागि सञ्चालित हेल्प डेस्कमा ‘स्क्रिन डिसप्ले र इ–डेस्क सेवा’ शुभारम्भ गरेको छ । करसम्बन्धी सम्पूर्ण जानकारीका साथै आपूmले तिरेका कर, तिर्नुपर्ने बक्यौतालगायतका सुविधा सो सेवाका माध्यमबाट सहज रुपमा जानकारी प्राप्त हुन्छ ।
सो अवसरमा मोरङ व्यापार सङ्घका अध्यक्ष एवम् सांसद पवन शारडाले करको क्षेत्र व्यापारी र उद्योगीमा मात्रै सीमित नराखी आयआर्जन गर्ने प्रत्येक क्षेत्रमा विस्तार गर्नुपर्ने विषयमा जोड दिनुभयो । रासस
No comments:
Post a Comment