Thursday, November 12, 2015

बाख्रालाई घाँस काट्न हिँडेका खड्का मृत

खोटाङ, २६ कात्तिक । बाख्रालाई घाँस काट्न भनेर घरबाट हिँडेका एक व्यक्ति बारीको कान्लामुनि मृत फेला परेका छन् ।

बिहीबार बिहान डोको बोकेर घरबाट हिँडेका दिक्तेल नगरपालिका–१ का ४८ वर्षीय चेतबहादुर खड्का दिउँसो बारीमा मृत भेटिएका हुन् । घटनाको प्रकृति हेर्दा खड्काको लडेर मृत्यु भएको अनुमान गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायब उपरीक्षक विद्यानन्द माझीले बताउनुभयो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts