Wednesday, November 11, 2015

अघोषित नाकाबन्दी मुलुकलाई पाठ – नेता महरा

बागलुङ, २५ कात्तिक । एकीकृत नेकपा (माओवादी)का केन्द्रीय महासचिव कृष्णबहादुर महराले भारतले गरेको अघोषित नाकाबन्दीले मुलुकलाई पाठ सिकाएको बताउनुभएको छ ।

जनहित कला केन्द्र मल्म बागलुङले आयोजना गरेको तिहार मेलालाई आज सम्बोधन गर्दै नेता महराले नेपाललाई राष्ट्रिय पुँजी निर्माण गरी आत्मनिर्भर बन्न नाकाबन्दीले झकझकाएको धारणा राख्नुभयो ।

मुलुक चुनौती र अवसर दुवैका सामु रहेको भन्दै उहाँले सरकार कटिबद्ध भएर सङ्कट समाधानमा लाग्नुपर्ने बताउँदै भन्नुभयो, “अहिलेको सरकारको मुख्य प्राथमिकता भनेको संविधान कार्यान्वयन र राष्ट्रिय स्वाधीनताको प्रवद्र्धन हो ।”

भारतले गरेको अघोषित नाकाबन्दीले राष्ट्रिय स्वाधीनताको मुद्दा झन पेचिलो बनेको उहाँको भनाइ थियो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts