Tuesday, November 24, 2015

गोरखा केन्द्रबिन्दर भएर पुनः ४.४ रिक्टरको परकम्प

काठमाडौँ, ८ मङ्सिर । गोरखा केन्द्रबिन्दर भएर पुनः ४.४ रिक्टर स्केलको पराकम्प आज साँझ ६ बजेर ९ मिनेट जाँदा गएको छ ।
सो पराकम्प गत वैशाख १२ को विनाशकारी ‘गोरखा भूकम्प’को पराकम्प भएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । विनाशकारी गोरखा भूकम्पपछि चार रिक्टर र त्यसमाथिका ४१२ परकम्प गइसकेका छन् ।

यसअघि अजै साँझा ५ बजे नुवाकोट केन्द्रबिन्दु भएको ४ रिक्टर स्केलको पराकम्प गएको थियो । यही मङ्सिर ३ गतेसमेत सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर एकै दिन त्रमशः ४ रिक्टर स्केल र ५.३ रिक्टर स्केलका दुई पराकम्प गएका थिए । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts