Friday, December 18, 2015

मोटरसाइकलमा आगजनी

वीरगन्ज, ३ पुस । आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका कार्यकर्ताले आज वीरगन्जको घन्टाघरमा एउटा मोटरसाइकलमा आगजनी गरेका छन् ।

बन्दको अवज्ञा गरी मोटरसाइकलबाट पेट्रोल तस्करी गरिरहेको आरोपमा मोर्चाका कार्यकर्ताले ना १९ प १९६९ नंको मोटरसाइकलमा आगजनी गर्दा मोटरसाइकलमा सवार बारा परवानीपुरका राजेन्द्र पासवान घाइते भई नारायणी उपक्षेत्रीय अस्पताल वीरगन्जमा उपचार गराइएको छ । उनको स्वास्थ्य अवस्था खतरामुक्त रहेको अस्पतालले जनाएको छ ।

प्रदर्शनमा उत्रिएका प्रदर्शनकारीले मोटरसाइकल, रिक्सा र ट्याक्टर समेत चल्न दिएका छैनन् । शैक्षिक सङ्घसंस्था, प्रेस, चिकित्सक, मानवअधिकारकर्मी, एम्बुलेन्स र कूटनीतिक नियोगका सवारी साधन तथा औषधि बोक्ने, दूध बोक्ने गाडी र उखु बोकेको ट्याक्टरलाई बन्दका बेलामा पनि निर्बाध रुपमा चल्न दिइने मोर्चाले जनाएको छ । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts