Thursday, December 17, 2015

युवालाई योग

काठमाडौँ, २ पुस । युवालाई मानसिक र शारीरिक रुपमा स्वस्थ रहन योगको आवश्यकता रहेको यहाँ आज आयोजित कार्यक्रममा वक्ताले जोड दिए ।

विश्व दर्शन अभियानका महासचिव नारायणप्रसाद भट्टराई‘सोहम्’ले अहिलेका युवामा कार्यव्यस्ततालगायत तनावले मन अशान्त हुने र विभिन्न समस्या देखापर्ने कारणले मनलाई शान्त राख्न तिनमा योगको आवश्यकता रहेको बताउनुभयो ।

नेपाल नै योगको उद्गमस्थल हो भनी विश्वमा चिनाउनका लागि पनि अभियानले काम गरिरहको जानकारी उहाँले दिनुभयो ।

वाल्मीकि विद्यापीठका सहप्राध्यापक डा हरिप्रसाद पोखरेलले नेपालले २०३६ सालदेखि नै योग दिवस मनाउने गरेको उल्लेख गर्दै सरकारले पहल नगरेका कारण भारतले संयुक्त राष्ट्र सङ्घबाट विश्व योग दिवस मनाउने मान्यता पाएको बताउनुभयो ।

उहाँले भन्नुभयो– “नेपाल नै योगको उद्गमस्थल हो, धार्मिक मान्यता अनुसार शिवले नेपालको हिमालय पर्वतमा आई योगसाधना गरेदेखि नै नेपालमा योगको सुरुआत भएको हो ।”

नेपालमा गत साउन १८ गते बसेको मन्त्रिपरिषद्को बैठकले माघ १ गतेलाई योग दिवसका रुपमा मनाउने निर्णय गरिसकेको छ । रासस
––––––––––

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts