Sunday, December 13, 2015

सम्पूर्ण सरकारी सेवा महोत्सवमै उपलब्ध हुने

बैतडी, २८ मङ्सिर । पहिलोपटक यहाँ हुन लागेको सांस्कृतिक महोत्सवमा जिल्लास्थित सम्पूर्ण सरकारी कार्यालयले सेवा दिने भएका छन् ।

श्रीकेदार उच्चमाविको परिसरमा आजदेखि सञ्चालन हुने तीनदिने महोत्सवमा जिल्ला प्रशासनको नागरिकता टोली, जिविस, पशुसेवा, वन कार्यालय, सहकारी कार्यालय, घरेलु कार्यालयलगायतका कार्यालयले आफ्ना सेवा दिने महोत्सवका संयोजक सुरेन्द्रप्रसाद भट्टले बताउनुभयो । उहाँले भन्नुभयो – “सरकारी सेवालाई गाउँमै पु¥याउने उद्देश्यले यस्तो कार्य गरेका हौँ ।”

सानो कामका लागि पनि सदरमुकाम जान बाध्य सर्वसाधारणले सरकारी सेवाको उपयोग गर्न पाउन् भनेर महोत्सवमा सरकारी सेवालाई राखिएको बताइएको छ ।

प्रवेश शुल्क निःशुल्क राखिएको उक्त महोत्सवमा अपाङ्गता परिचयपत्र वितरण, एनसिसी बैंकमा खाता खोल्ने सुविधा र कृषि प्रदर्शनीसमेत रहेको उहाँले बताउनुभयो ।
महोत्सवमा लोक दोहोरी गायक रामजी खाँड, हाँस्य कलाकार राजेश नाथ (बैतडी बाजे), डेउडा गायक महेशकुमार औजी, मुरलीधर अवस्थी, डेउडा तथा दोहोरी गायिका पुष्पा बोहरा, गायक मनोजसिंह धामी, दोहोरी गायक मुकेश भट्टलगायतका कलाकारको प्रस्तुति रहने आयोजकले जनाएको छ ।

स्थानीय कला संस्कृतिको जगेर्ना गर्न महोत्सवमा विशेष प्रस्तुति रहने छन् । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts