Wednesday, December 2, 2015

विदेशिएका नेपाली घर परिवारसँग सम्पर्कविहीन भएर बस्ने सङ्ख्या बढ्दो

काठमाडौँ, १६ मङ्सिर । वैदेशिक रोजगारीका लागि विदेशिएका नेपाली कामदार घरपरिवारसँग सम्पर्कविहीन भएर बस्ने क्रम बढेको छ ।

प्रवासी नेपाली समन्वय समितिले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा पछिल्लो तीन वर्षमा १२३ जना परिवारबाट सम्पर्कविच्छेद भएर विदेशमा बसेको निवेदन संस्थामा परेको जानकारी दिइयो ।

विदेशमै विवाह गरेर बस्ने, भने जति तलब नपाएपछि ऋण तिर्न नसकेर परिवारसँग सम्पर्कमा नबस्ने, कम्पनीले सम्पर्क गर्न नदिने, विदेशमा जेल पर्ने जस्ता कारणले विदेशिएका कामदार परिवारसँग सम्पर्कविहीन भएर बस्ने गरेको समितिको प्रतिवेदनमा उल्लेख छ ।

सबभन्दा बढी मलेसियामा ५१, साउदीअरबमा २८, कुवेतमा २४, कतारमा सात, दुबईमा चार, सिरियामा दुई, ओमनमा दुई र बहराइन, जोर्डन, भारत, लेबनानमा एक÷एक जना परिवारबाट सम्पर्कमा नरहेको भनी समितिमा निवेदन परेको थियो ।

समितिका परियोजना संयोजक सुजाता उप्रेतीले पछिल्लो समय नेपाली विदेशिएपछि परिवारको सम्पर्कमा नआउने सङ्ख्या ठूला रहे पनि उनीहरुको खोजी गर्नु कठिन काम भएको बताउनुभयो ।

विदेशिएका सम्पर्कमा नरहँदा परिवारका सदस्यले आफ्नो मान्छे जिउँदो छ कि मरेको छ भन्ने मानसिक तनाव र सामाजिक तनाव ब्यहोरी रहनुपरेको उहाँले बताउनुभयो ।

समितिको सक्रियतामा त्यसरी सम्पर्कविहीन भएर बसेका बितेको तीन वर्षमा ५२ जनालाई नेपाल फर्काइएको कार्यक्रममा जानकारी दिइयो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts