Thursday, December 17, 2015

संविधान संशोधन अघि बढाउन विशेष समिति

काठमाडौँ, २ पुस । प्रमुख प्रतिपक्ष नेपाली काँग्रेसले व्यवस्थापिका–संसद्मा प्रस्तुत भएको संविधानन संशोधनको प्रस्तावलाई अघि बढाउन विशेष समिति बनाउन सकिने बताएको छ ।

संसद् भवन नयाँ बानेश्वरमा आज बसेको काँग्रेस संसदीय दलको बैठकले संविधान संशोधनको प्रस्तावलाई कसरी अघि बढाउने भन्ने बारेमा छलफल गरेको छ । बैठकमा संशोधन प्रस्तावमा चित्त नबुझेका सांसदले थप संशोधन गर्न सक्ने बारेमा छलफल गरिएको प्रमुख सचेतक चीनकाजी श्रेष्ठले बताउनुभयो । “ व्यापक छलफल गरी संशोधनलाई सुधार गर्न संसद् नियमावलीको दफा ८४ अनुसार विशेष समिति बनाउन सकिन्छ”– श्रेष्ठले भन्नुभयो ।

विशेष समितिमा केही समय छलफल गरेर सबैको सहमतिका साथ संसद्को पूर्ण बैठकमा पेस गरी दुई तिहाइ बहुमतका आधारमा पारित गरिने उहाँले बताउनुभयो । काँग्रेसले संविधानको दुई विषयमा प्रस्तुत सो संशोधन प्रस्ताव संसद्को निमयावली बमोजिम अघि बढाउन सबै दलसँगको छलफलका आधारमा अघि बढाइने बताएको छ ।

उक्त संशोधनको प्रस्तावलाई अपुरो भन्दै अवरुद्ध गर्दै आएको संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको अवरोध भए पनि कसरी संशोधनको प्रस्ताव अघि बढ्छ भन्ने जिज्ञासामा श्रेष्ठले भन्नुभयो– “मधेसी मोर्चाले संशोधन प्रस्ताव अपुरो भनेको के हो, सो बारेमा हामी स्पष्ट पार्न आग्रह गर्छाँँै ।”

संविधान संशोधन मार्फत समस्या हल गर्नुपर्ने माग गर्दै आएको मोर्चाले संशोधनको प्रस्ताव अधुरो छ भन्नु दुराशयुक्त मनसाय रहेको उहाँको धारणा थियो । मधेसी मोर्चा सहमतिमा आए अरु विषयमा छलफल गरेर छुट्टै ढङ्गले संविधान संशोधनको प्रस्ताव पनि राख्न सकिनेमा जोड दिँदै उहाँले सीमाङ्कनमा नमिलेको विषयलाई सङ्घीय आयोग मार्फत मिलाउन सकिने बताउनुभयो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts