काठमाडौँ, ६ पुस । संयुक्त महिला सङ्घर्ष समितिले राष्ट्रपति विद्या भण्डारीमाथि जनकपुरमा दुव्र्यवहार गर्नेलाई कारबाहीको माग गर्दै उनीहरुलाई कानुनी दायरामा नल्याए सरकारविरुद्ध कडा सङ्घर्ष गर्ने घोषणा गरेको छ ।
सो समितिले रिपोर्टर्स क्लबमा आज आयोजना गरेको पत्रकार सम्मेलनमा समितिका अध्यक्ष डिला सङ्ग्रौलाले राष्ट्रपतिमाथि दुव्र्यवहार गर्ने मोर्चा सम्बन्ध अपराधीलाई कानुनी दायरामा ल्याउन माग गर्दै सरकारले त्यसको सुनुवाइ नगरे पुस ६ गतेदेखि सङ्घर्ष गर्ने जानकारी दिनुभयो ।
समितिको पहिलो चरणको सङ्घर्षअनुरुप पुस ६ गते पत्रकार सम्मेलन गर्ने, सोही दिन प्रधानमन्त्री, सभामुख, गृहमन्त्री कहाँ प्रतिनिधिमण्डल जाने तथा सम्पूर्ण सभासद्लाई यस विषयमा जानकारी गराउने कार्यक्रम रहेको छ ।
कार्यक्रममा पत्रकारलाई उपलब्ध गराएको प्रेस विज्ञप्तिमा विधवा महिला मन्दिरमा प्रवेश गरेको भन्दै मन्दिर अपवित्र बनाएको भनी मन्दिरमा सुनपानी तथा गङ्गाजल छर्केको घटना निन्दनीय भएको उल्लेख गरिएको छ । रासस
No comments:
Post a Comment