Tuesday, December 22, 2015

उपप्रधानमन्त्री थापा भोलि चीन जाँदै

काठमाडौँ, ८ पुस । उपप्रधानमन्त्री एवम् परराष्ट्रमन्त्री कमल थापा नौ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै बुधवार अपराह्न मित्रराष्ट्र चीनको औपचारिक भ्रमणमा जाँदै हुनुहुन्छ ।

उपप्रधानमन्त्री नेतृत्वको प्रतिनिधिमण्डलमा कानुन, न्याय तथा संसदीय व्यवस्थामन्त्री अग्निप्रसाद खरेल, परराष्ट्र, अर्थ, र वाणिज्य मन्त्रालयका सचिवका साथै परराष्ट्र, कानुन, न्याय तथा संसदीय व्यवस्था र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका उच्च अधिकारी हुनुहुनेछ ।

चीन सरकारको निमन्त्रणामा बेइजिङ भ्रमण गर्न लाग्नुभएका उपप्रधानमन्त्री थापाले आफ्ना समकक्षी वाङ यीसँग आगामी बिहीबार नेपाल–चीन सम्बन्धका सबै पक्षमा विचारविमर्श गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । भ्रमणका क्रममा उहाँले चीनको उच्च राजनीतिक नेतृत्वसँग पनि भेटघाट गर्ने कार्यक्रम छ ।

संविधानसभाबाट नयाँ संविधान जारी भएपछि नेपालबाट उपप्रधानमन्त्रीस्तरमा हुन लागेको यो भ्रमण पारस्परिक हित प्रवद्र्धन एवम् द्विपक्षीय सम्बन्ध सुदृढीकरणमा केन्द्रित हुनेछ ।

नयाँ संविधान जारी भएसँगै नेपाल नयाँ युगमा प्रवेश गरेको सन्दर्भमा नयाँ संविधानका विशेषताका साथै नेपालका प्राथमिकताका बारेमा विश्व समुदायलाई अवगत गराउने तथा मुलुकको आर्थिक विकासमा चिनियाँ सहयोग जुटाउनु भ्रमणको मूल उद्देश्य रहेको बुझिएको छ । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts