तुलसीपुर (दाङ) ८ पुस । तुलसीपुर नगरपालिका–४ खर्चवामा रहेको राप्ती बहिरा सङ्घको छात्राबासमा रहेका ६८ जना बहिरा तथा सुस्तश्रवण बालबालिकालाई न्यानो कपडा वितरण गरिएको छ ।
ग्रिन फाउन्डेसन, पारिवारिक निजी वन र रेडियो प्रकृतिको समन्वयमा आज करिब रु एक लाख बराबरको २० थान ब्ल्यांकेट, २० थान डसना, २० थान तकिया र चारथान कम्बल वितरण गरिएको फाउन्डेसन अध्यक्ष घनश्याम पाण्डेले जानकारी दिनुभयो ।
सो अवसरमा बहिरा बालबालिका रुपा विक र गणेश रसाइलीले साङ्केतिक भाषामार्फत समाज र घरपरिवारबाट समेत अपहेलित बहिरा बालबालिकालाई जाडोमा न्यानो कपडा वितरण गरेर सहयोगको हात बढाएकामा धन्यवाद दिनुभएको थियो ।
उक्त छात्राबासमा अहिले नर्सरीदेखि कक्षा ९ सम्म त्यही बसेर पढ्ने बहिरा तथा सुस्तश्रवण बालबालिकाको सङ्ख्या ६८ पुगेको छ । रासस
No comments:
Post a Comment