काठमाडौँ, २८ मङ्सिर । सञ्चार बचत तथा सहकारी संस्था लिमिटेडले श्रमजीवी पत्रकारको पेसागत सुरक्षा, सीप विकास र क्षमता अभिवृद्धिका लागि इसेवा (इन्टरनेट सेवा) उपलब्ध गराउने निर्णय गरेको छ ।
सञ्चार बचत तथा सहकारी संस्था लिमिटेडको छैटौँ साधारणले आज यहाँ छिटो र भरपर्दो सेवा दिई पत्रकारलाई आवश्यक परेको समयमा ऋण उपलब्ध गराउने उद्देश्यले इसेवा सुरु गर्ने निर्णय गरेको हो ।
संस्थाका अध्यक्ष विष्णु निष्ठुरीले संस्थामा सदस्य सङ्ख्या बढाइ संस्थालाई सक्रिय बनाउन सबै पत्रकारलाई आग्रह गर्नुभयो ।
पत्रकारलाई आवश्यक परेको समयमा सुलभ ब्याजदरमा ऋण उपलब्ध गराई सहयोग गर्न स्थापित संस्थाले हालसम्म रु चार लाख दुई हजार ३४६ आम्दानी गरेको छ । रु तीन लाख ९७ हजार ६७८ खर्च भएको संस्थाका कोषाध्यक्ष प्रदीप चापागार्इंले बताउनुभयो ।
एक सय ६३ सदस्य रहेको संस्थाले चालु आवमा रु २८ लाख ६९ हजार २४६ बचत गरेको छ । संस्थाको हालको स्थिर पुँजी रु ३१ हजार ८९७ भएको र चालु पुँजी रु ३८ लाख ७२ हजार ३५ रहेको छ । संस्थाले आव २०७१÷७२ सम्म जम्मा रु ४० लाख ६८ हजार ७०० ऋण लगानी गरेको थियो । रासस
No comments:
Post a Comment