रौतहट, ६ पुस । जिल्ला प्रशासन कार्यालय रौतहटले आज बेलुका ६ बजेदेखि १० बजेसम्मका लागि निषेधाज्ञा हटाएको छ ।
गौर नगरपालिका क्षेत्रमा बिहान १० बजेदेखि लगाइएको निषेधाज्ञा अहिले खुलाइएको हो । आज दिनभर संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका कार्यकर्ताले जिल्लाका विभिन्न भागमा रहेका प्रहरी चौकी तोडफोड तथा आगजनी गरेपछि निषेधाज्ञा लगाइएको थियो । रासस
No comments:
Post a Comment