Monday, December 21, 2015

हिमाल, पहाड र तराईको एकता अपरिहार्य

पोखरा, ६ पुस । युवा तथा खेलकुदमन्त्री सत्यनारायण मण्डलले नेपालको समृद्धि र विकासका लागि हिमाल, पहाड र तराईको एकता अपरिहार्य हुने बताउनुभएको छ ।

पर्यटकीयस्थल भदौरेमा यही पुस १ गतेदेखि सञ्चालित १८ औँ ल्होसार मेला तथा भदौरे पञ्चासे महोत्सव, २०७२ को आज आयोजित समापन कार्यक्रममा उहाँले भन्नुभयो, “प्रत्येक जातजाति र भाषाभाषीको एकताले नै राष्ट्र मजबुत हुन्छ, हामी नेपाली जो जहाँ रहे पनि एक आपसमा मेलमिलाप र भातृत्व कायम गर्दै बस्नु आवश्यक छ ।”

उक्त अवसरमा मन्त्री मण्डलले भदौरे क्षेत्रको पर्यटकीय विकासका साथै यस क्षेत्रको प्रचारप्रसारमा महत्वपूर्ण योगदान पु¥याएबापत नेपाल प्रेस युनियनका उपाध्यक्ष रमेश पौडेललाई क्लबका तर्फबाट नगद पुरस्कारसहित सम्मान गर्नुभयो ।

कार्यक्रममा राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव केशवबहादुर विष्टले भदौरे क्षेत्रको पर्यटकीय विकासलाई उचाइमा पु¥याउन भदौरे क्लबले देखाएको सक्रियता महत्वपूर्ण भएको बताउनुभयो । कार्यक्रममा महोत्सवका क्रममा आयोजित विभिन्न प्रतियोगिताका विजयीलाई पुरस्कार एवम् प्रमाणपत्र प्रदान गरिएको थियो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts