Wednesday, December 23, 2015

पर्यटन बोर्डलाई गतिशील बनाइनुपर्ने

काठमाडौँ, ८ पुस । नेपाल पर्यटन बोर्डका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत (सिइओ) दीपकराज जोशीको आज पद बहाली भएको छ ।

बोर्डमा आयोजित एक कार्यक्रमकाबीच संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव दिनेशकुमार थपलियाले बोर्डका प्रमुख जोशीलाई पद तथा गोपनियताको सपथ गराउनुभएको हो । प्रमुख जोशी गत पुस २ गते बोर्डको सिइओमा नियुक्त हुनुभएको थियो ।

कार्यक्रममा मन्त्रालयका सहसचिव साधुराम सापकोटा, बोर्डका सदस्यसचिव तथा सिइओ छनोट समितिका संयोजक घनेन्द्र श्रेष्ठ, बोर्ड सञ्चालक समिति सदस्य राजेन्द्रप्रसाद सापकोटा तथा बोर्डका वरिष्ठ कर्मचारीलगायतको सहभागिता थियो ।

त्यस अवसरमा बोल्ने विभिन्न क्षेत्रका व्यक्तित्वले पर्यटन प्रवद्र्धनको मेरुदण्डका रुपमा रहेको नेपाल पर्यटन बोर्डलाई गति दिन सरकार र निजी क्षेत्रको सहयोग र समन्वय जरुरी भएको औँल्याए ।

साथै उनीहरुले भूकम्प र पछिल्लो नाकाबन्दीका कारण थलिएको मुलुकको पर्यटनलाई पहिलाकै अवस्थामा फर्काउन एकीकृत ढङ्गले प्रवद्र्धनात्मक काम गर्न नवनियुक्त प्रमुख कार्यकारी अधिकृतलाई सुझाए ।

अध्यागमन विभागका महानिर्देशक केदार न्यौपानेले नेपालको पर्यटनलाई अन्तर्राष्ट्रिय बजारमा विस्तार गर्न योजनाबद्ध कार्यक्रम ल्याइनुपर्नेमा जोड दिनुभयो ।

बोर्डका सदस्यसचिव घनेन्द्रबहादुर श्रेष्ठले समयको आवश्यकता र निजी क्षेत्रको सुझावका आधारमा बोर्डलाई पुनःसंरचनाको प्रक्रिया अघि बढाइने उल्लेख गर्नुभयो ।

बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले अहिलेको अवसर र चुनौतीलाई चिर्दै निजी क्षेत्रको ठूलो उत्साह र अपेक्षालाई साकार पार्न सरकार र निजी क्षेत्रसँग संयोजनकारी भूमिका खेल्ने प्रतिबद्धता जनाउनुभयो ।

कार्यक्रममा ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान)का अध्यक्ष चन्द्रप्रसाद रिजाल, वरिष्ठ पर्यटन व्यवसायी वसन्त मिश्र, बोर्डका सञ्चालक समिति सदस्य राजेन्द्रप्रसाद सापकोटालगायतले पर्यटन प्रवद्र्धनका लागि सरकार र निजी क्षेत्र एकताबद्ध भएर लाग्नुपर्नेमा जोड दिनुभयो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts