लुम्बिनी (रुपन्देही), २८ मङ्सिर । नयाँ शक्ति अभियानका संयोजक डा बाबुराम भट्टराईले अबको राजनीति विकासकेन्द्रित हुनुपर्ने बताउनुभएको छ ।
भैरहवामा आज उद्योगी व्यवसायीसँगको अन्तक्र्रिया कार्यक्रममा उहाँले
नेपालको आन्तरिक मामिला तथा समस्या नेपालभित्रैबाट समाधान खोजिनुपर्ने बताउँदै नेपालको आन्तरिक मामिलालाई तेर्साएर भारतसँगको सम्बन्ध बिगार्न हुँदैन भन्नुभयो ।
नेपालमा रहेका पार्टीहरुले नेपालमा विकासनिर्माणका काममा पर्याप्त ध्यान नदिएको आरोप लगाउँदै उहाँले नयाँ सोच र विचारसहितको नयाँ शक्तिको उदय भएको बताउनुभयो । रासस
No comments:
Post a Comment