काठमाडौँ, ३ पुस । साहित्यकार विष्णा विरहीको गीतगजलसङ्ग्रह ‘क्षितिज पारीको जून’ को आज यहाँ विमोचन गरिएको छ ।
आज यहाँ आयोजित कार्यक्रममा कृति विमोचन गर्दै नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले विरहीको कृतिमा सामाजिक परिवेशलाई चित्रण गरिएको बताउँदै कृति प्रेरणादायी साबित हुने धारणा उप्रेतीले व्यक्त गर्नुभयो ।
साहित्यकार डा गोविन्दराज भट्टराई र ओमशान्तिका विष्णुप्रसाद पौडेलले कृतिमा नारी शक्तिलाई अगाडि बढाउनुपर्ने सन्देश रहेको बताउनुभयो । रासस
No comments:
Post a Comment