धनगढी, २८ मङ्सिर । कैलाली जिल्लाको चौमाला गाविसमा घरबाट आइतबार साँझ हराएका एक बालकलाई आज मृत अवस्थामा फेला पारिएको छ ।
चौमाला गाविस–३ का जनकराज जोशीका नौ वर्षीय छोरा तीलक जोशीलाई मृत अवस्थामा फेला पारिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
बालक हराएपछि राति अबेरसम्म खोजतलास गर्दा पनि फेला नपरेपछि आज बिहानमात्रै छिमेकीले बाटोको छेउमा बालकलाई मृत फेला पारेपछि प्रहरीलाई खबर गरेको थियो ।
घटनास्थलको प्रकृतिले बालकको कसैले हत्या गरेको हुनसक्ने प्रहरीले आशङ्का गरेको छ । प्रहरी निरीक्षकको नेतृत्वमा गठन गरिएको अनुसन्धान टोलीले घटनाबारे थप अनुसन्धान सुरु गरेको प्रहरी उपरीक्षक राजेन्द्र विष्टले बताउनुभयो । रासस
No comments:
Post a Comment