Wednesday, December 2, 2015

एक महिनाभित्र राष्ट्रिय सभागृहबाट महानगरपालिकाको कार्यालय हटाउन निर्देशन

काठमाडाँै, १६ मङ्सिर । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राष्ट्रिय सभागृहमा रहेको काठमाडौँ महानगरपालिकाको कार्यालय उपयुक्त विकल्प खोजी एक महिनाभित्र अन्यत्र स्थानान्तरण गर्न निर्देशन दिएको छ ।

आयोगको आज बसेको बैठकले सभागृहको उचित संरक्षण र सम्बद्धन हुन नसकेको भनी पर्न आएका गुनासाका सम्बन्धमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा २८ (१) (ख) बमोजिम सो सुझाव दिने निर्णय गरेकोे जनाइएको छ ।

महानगरपालिकाले अन्यत्र कार्यालय भवन खोज्ने प्रयोजनका लागि प्रचलित कानुनले दिएको सुविधाअनुसार द्रुत मार्ग प्रयोग गरी प्रक्रिया सुरु गर्न, कार्यालय स्थानान्तरण गरेपश्चात् सभागृहको मर्मत सम्भार गरी पूर्ववत् अवस्थामा ल्याउने एवम् राष्ट्रिय सभागृहको दिगो संरक्षण र सम्बद्र्धन गर्न सुझाव दिएको छ ।

आगामी दिनमा राष्ट्रिय, क्षेत्रीय र अन्तर्राष्ट्रियस्तरका सभा सम्मेलन आयोजना गर्न मुलुकभित्र अन्य वैकल्पिक स्थान नभएको एवम् राष्ट्रिय सभागृह आफैँमा राष्ट्रिय सम्पदा र धरोहरको रुपमा रहेको सन्दर्भमा सो स्थानमा काठमाडौँ महानगरपालिकाको कार्यालय रहनु सान्दर्भिक नदेखिएको आयोगले जनाएको छ । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts